कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौँ, २७ माघ नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा लगायत पार्टी नेताहरु । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।

सत्तारुढ कांग्रेसको संसदीय दलको बैठक नयाँ बानेश्वर संघीय संसद् भवनमा बस्नेछ ।

आज बस्ने बैठकमा विद्युत् सम्बन्धी विधेयक, शिक्षा विधेयक मुलुकको समसामयिक राजनीतिक अवस्था तथा इजरायलमा भएको आक्रमण र त्यसबाट इजरायलमा रहेका नेपाली नागरिकले झेल्नु परेको समस्याका बारेमा छलफल हुनेछ ।

आजको छलफलपछि सो विधेयकका बारेमा पार्टीले आफनो धारणा र दृष्टीकोण प्रस्तुत गर्ने तथा आवाश्यकता अनुसार संशोधन प्रस्ताव राख्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्