प्रधानमन्त्री दाहाल स्वदेश फर्किए (फोटो फिचर)



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् ।

 अमेरिका र चीनको १५ दिने लामो भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित स्वदेश फर्किएका हुन ।

 अमेरिकाबाट गत शनिवार चीनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट एयर चाइनाको बिमानमार्फत भर्खरै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

 बिमानस्थलमा कार्यबहाक प्रधानमन्त्री पुर्णबहादुर खडका, सभामुख देबराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृह मन्त्री नारायणकाजी श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

संयुक्त राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीन पुगेका प्रधानमन्त्री प्रचण्डले चीनमा त्यहाँका राष्ट्रपति सि जिन पिङ तथा प्रधानमन्त्री, चिनिया कम्युनिष्ट पार्टीका प्रतिनिधिसहित शीर्ष नेतृत्वसँग छलफलसमेत गरेका थिए।

उनको भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, कृषी मन्त्री महेन्द्रराय यादव र मुख्यसचिव डा वैकुण्ठ अर्यालसमेत स्वदेश फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्