मानसरोवरमा प्रधानमन्त्री प्रचण्ड


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवरमा पुगेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको थियो।

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए। उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।