काठमाडौं महानगर र ई: का प्रतिनिधिबीच वार्ता जारी


काठमाडौँ।

काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरु र अभियन्ता ईः का प्रतिनिधिबीच वार्ता सुरु भएको छ।

महानगरले बनाएको वार्ता टोली र ई: का प्रतिनिधिबीच मंगलबार दिउँसो वार्ता भएको हो। वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ई: का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी छन्।

मेयर बालेन शाह र विगत एक सातादेखि उभिएर प्रदर्शन गरिरहेका ई: दुवै सहभागी छैनन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।