सडकमै सुतेर राहत शिक्षकहरुकाे विराेध प्रदर्शन



काठमाडौँ।

राहत तथा अनुदान शिक्षकहरुले सडक आन्दोलनलाई आज सोमबार पनि निरन्तरता दिएका छन् । उनीहरुले आज दिउँसो नयाँ बानेश्वरस्थित मूल सडकमै सुतेर आन्दोलन जारी राखेका हुन्।

गत असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए। उनीहरूले २० वर्षभन्दा बढी राहतमा सेवा गरेका शिक्षकहरूलाई स्वत: स्थायी र अन्यको हकमा पनि सेवाबाट बाहिरिनु नपर्ने अवस्थाको ग्यारेन्टी गरिनुपर्ने माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्