मलंगवामा दुई समूहबीच झडप, ८ जना घाइते, एकको अवस्था गम्भीर



सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा भएको झडपमा परेर ८ जना भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गएराति स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नुअघि मलंगवा- ३ स्थित सरस्वती टोलमा दुई समूहबीच झडप भएको थियो ।

झडपमा परेर घाइते भएका मलंगवा ७ का रुपेश यादवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्