पूर्वमन्त्री भट्टको निधन



काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए ।

उनका छोरा आकाशले बिहीबार राति १० बजेर २५ मिनेटमा बुवाको निधन भएको जानकारी दिएका छन् ।

साथै आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्