सम्पादक पण्डित प्रेस काउन्सिलबाट पुरस्कृत 



काठमाडौँ।  

प्रेस काउन्सिल नेपालले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक सागर पण्डितलाई पुरस्कृत गरेको छ ।

  काउन्सिलले सम्पादक पण्डितलाई ‘सशक्त सञ्चारकर्मी ’ विधामा पुरस्कृत गरेको हो । सम्पादक पण्डितले लामो समयदेखि मुलुकमा  सुशासन स्थापना , भ्रष्टाचार नियन्त्रण तथा प्रशासनिक विकृति र विसङ्गतिका विरुद्ध कलम चलाउँदै आइरहनु भएकाले त्यसको कदर गर्दै उहाँलाई पुरस्कृत गरिएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले पण्डित लगायत विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत गरेको हो । सम्पादक पण्डित साढे  दुई दशक देखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ ।
सो   पुरस्कार काउन्सिलको स्थापना दिवसको अवसरमा यही असोज ६ गते राष्ट्रपति कार्यालय सितलनिवासमा विशेष समारोहबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिने कार्यक्रम तय भएको काउन्सिलले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्