मानव बेचबिखन गरेको आरोप लागेका गौतमविरूद्ध चार कसुरमा मुद्दा दर्ता


काठमाडौं ।

पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका हस्त गौतमविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा हस्त गौतमविरूद्ध मुद्दा दर्ता गरेको सहायक न्यायाधिवक्ता चन्द्र संजेलले जानकारी दिए।

उनका अनुसार हस्त गौतमविरूद्ध चार वटा कसुरमा मुद्दा दर्ता भएको छ। सहायक जिल्ला न्यायाधिवक्ता संजेलले उनीविरूद्ध मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा मुद्दा दायर भएको बताए।

‘चार वटा छुट्टाछुट्टै फाइलहरू छन्। प्रतिवादीहरू पनि फाइलअनुसार फरक छन्,’ उनले भने। उनका अनुसार पहिलो फाइलमा ६ जना, दोस्रोमा ४ जना, तेस्रोमा ५ जना र चौथो फाइलमा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको हो। जसमध्ये हस्त गौतमलाई तीन वटा फाइलमा मुख्य प्रतिवादी बनाइएको छ।

अरू दुई जना प्रतिवादी पूर्ण लामा र भरतकुमार काफ्ले भन्ने व्यक्ति फरार छन्। रूकुम घर भई अमेरिकाको टेक्सास बस्दै आएका उनीमाथि मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।