भरुवा बन्दुकसहित एक पुरुष पक्राउ


बैतडी।

बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–२ मल्लाढिबाट एक नाले भरुवा बन्दुक र बारुदसहित सोहि गाँउपालिका–१ रिमका ४५ वर्षीय बिष्णुसिंह साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी खोचलेक बैतडीबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक र बारुदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।