अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजको अवसरमा उनीहरूबीच संक्षिप्त भेटवार्ता भएको नेपाली स्थायी नियोगले जनाएको छ । नियोगका अनुसार मंगलबार साँझ बाइडेन र प्रचण्डबीच भेटवार्ता भएको हो ।

मंगलबार नै न्युयोर्कमा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितमा सहयोगका विविध विषयमा छलफल भएको छ ।

यसका साथै हामी संयुक्त राष्ट्रसंघलगायत क्षेत्रीय र बहुपक्षीय फोरमहरूमा पनि मिलेर काम गर्न सहमत भएका छौँ, –प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्