वागमती नदीको भङ्गालोमा फसेका रामको प्रहरीद्वारा उद्धार



काठमाडौं । वागमती नदीको भङ्गालोमा फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । बुधबार बिहान करिब २ बजे सशस्त्र प्रहरीले रामबहादुर लामाको उद्धार गरेको हो ।

काठमाडौं दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित वागमती नदी किनारबाट सोही वडाको सिम्पानी राईटोल बस्ने ४० वर्षीय लामालाई प्रहरीले सकुशल उद्धार गरेको हो ।

पानीको बहाव कम भएको अवस्थामा नदी पार गरेका लामा फर्किने क्रमामा पुनः नदीको बहाव बढेपछि उनी भङ्गालेमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट गोताखोरसहित ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट गएको १५ जनासहितको सुरक्षाफौजले उनको उद्धार गरेको छ ।

लामाको उद्धार पश्चात् आफन्तलाई जिम्मा लगाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सहायक प्रबक्ता शैलेन्द्र थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्