बुबाका सपना पूरा गर्न लाग्नेछु :  सुहाङ नेम्वाङ


इलाम । 
स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफू लागि पर्ने बताएका छन्।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको आयोजना तथा एमाले इलामको संयोजनमा गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उनले बुबाका अधुरा सपना पूरा गर्न लागि पर्ने बताए । बुबाको निधनले इलाम मात्र नभई सिङ्गो मुलुक नै शोकमा परेको उल्लेख गर्दै उनले सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको, पार्टीले तीन दिनसम्म शोकसहित आधा झण्डा झुकाएर बुबाप्रति सम्मान व्यक्त गरेको उनको भनाइ छ ।
इलामेली जनताको मायाका कारण संसद्मा पुगेर जनताको आवाज बोलेका कारण पनि सधैँ  इलामेलीको मस्तिष्कमा रही रहने उनको भनाइ थियो । आफ्ना बुबाले सधैँ निष्ठावान् राजनीति गर्नुभएको उनले उल्लेख गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।