प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिवबीच न्युयोर्कमा भेटवार्ता



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय भटवार्ता भएको हो ।

एन्टोनियो गुटेरेससँगको भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन् ।

महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ ।

साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ ।

महासभामा सहभागी हुन शनिबार साँझ अमेरिका प्रस्थान गरेका प्रधानमन्त्रीको टोली आइतबार न्युयोर्क पुगेको थियो ।

प्रधानमन्त्री प्रचण्डको टोलीलाई जोन एफ.केनेडि इन्टरनेशल अन्तर्राष्ट्रिय विमानस्थलामा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोक बहादुर थापाले स्वागत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आगामी बिहीबार महासभालाई सम्बोधन गर्ने छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्