सशस्त्र प्रहरीका तीन जना एआईजीको सरुवा (सूचीसहित)



काठमाडौं ।

सरकारले सशस्त्र प्रहरी बल नेपालका तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश गौतमलाई प्रशासन बिभाग, नारायणदत्त पौडेललाई सिमा सुरक्षा बिभाग र बंशीराज दाहाललाई कार्य बिभागमा सरुवा गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालको प्रस्ताव बमोजिम सरकारले सशस्त्र प्रहरी बल नेपालका एआईजीहरुको सरुवा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्