६० किलो सुन प्रकरण : २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता



काठमाडाैं ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको छ। २९ जनालाई प्रतिवादी बनाउँदै आइतबार मुद्दा दायर गरिएको हो।

प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत बुधबार सरकारी वकिलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवादी २९ मध्ये १८ जना फरार छ्न्। यीमध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली छन्।

 

प्रतिक्रिया दिनुहोस्