अपराध नियन्त्रण प्रहरीलाई चुनौती



उदयपुर ।

उदयपुर प्रहरीलाई समाजमा हुने विभिन्न प्रकारका अपराध नियन्त्रण गर्न चुनौतीको विषय भएको छ । आत्म हत्या, लागु औषध, चोरी लगायतका घटना बढेकोले नियन्त्रणमा चुनौती थपिएको बताइएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा आयोजित नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुसँगको छलफलमा अपराध नियन्त्रण प्रहरीलाई चुनौतीको विषय भएको बताएका छन् ।

पत्रकारहरुसँग परिचय गर्दै प्रहरी उपरिक्षक थापाले प्रहरीले दिने सेवा नै नागरिकको हक अधिकार शान्ति सुरक्षा गर्ने जिम्मेवारी भएकोले सेवालाई सुढृढ बनाउनेतिर ध्यान जाने बताए । प्रदेश प्रहरी र संघीय प्रहरीसँग समन्वय गरेर अनलाईन ठगी तथा बैकिउङ्ग कसुरका दोषीहरु उपर छानविन अनुसन्धानको प्रक्रिया अघि बढाउने र नियम अनुसार कार्वाही गर्ने उनले बताए ।

समाजमा आत्म हत्या, लागु औषधको विकराल समस्या छ । धेरै युवाहरु लगु औषधको सेवनले बिग्रेका छन, अभिभावकहरुको लगानी खेर गएको छ । समाजमा चेतना मुलक कार्याक्रम मार्फत कानुनका विषयमा सचेतना जगाएर न्युनिकरण गर्ने तर्फ अग्रसर हुने जानकारी दिंदै प्रहरी उपरिक्षक थापाले उदयपुर प्रहरीले क्युआर कोड र प्रहरी एप असोज १ गतेदेखि संचालन गर्ने तयारी गरेको बताए ।

सो कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उदयपुर प्रहरी प्रमुख थापाले स्थानीय तहसँग समन्वय गरेर उदयपुर जिल्लाका ७५ वटै जिल्लामा प्रहरीले चेतना मुलक कार्यक्रम संचालन गर्ने र समाजमा व्याप्त अपराधहरू बाल विवाह, चोरी, लागु औषध, आत्म हत्या लगायतका नियन्त्रण गर्न नागरिक समाजले पनि प्रहरीलाई सूचना दिएर वा अन्य तरिकाबाट सहयोग गर्नु पर्ने बताए ।

कर्तव्य पालनाका क्रममा कुनै पनि प्रहरीले गलत काम गरेमा वा सेवा दिने काममा ढिला सुस्ती गरेको प्रहरी एप वा क्युआर कोड मार्फत गुनासो गर्न सकिने र गनासो सुनुवायृकालागि ७५ बटै ओडामा गुनासो वा उजुरी पेटिका राखिने जानकारी दिइएको थियो । सो कार्यक्रममा पत्रकारहरुले सार्वजनिक यातायातमा मनपरी भाडा लिएको , बजार अनुगमन नभएको, अनलाइन ठगी बढेको, सूचना प्रवाहमा ढिलासुस्ती भएको लगायतका विषयमा प्रश्न सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्