३४ जनालाई कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयद्वारा पत्राचार



काठमाडौं । ३४ जना कैद मिनाहाको आधार स्पष्ट गर्न गृह मन्त्रालयलाई राष्ट्रपति कार्यालयले पत्राचार गरेको छ ।

राष्ट्रपति कार्यालयले कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट पार्न तथा उनीहरूको व्यक्तिगत विवरण उपलब्ध गराउन भन्दै पत्राचार गरेको हो ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय भएका बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा स्पष्ट पार्न पत्राचार गरेको हो ।

सिफारिस गरिएका ३४ जनामध्ये अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय भोगिरहेका छन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्