हिरासतमा रहेका ट्रक चालकलाई निर्घात कुटपिट



रौतहट ।

प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ नियन्त्रणमा लिइ मरासन्न हुने गरी कुटपिट भएको घटना सार्बजनिक भएको छ । ईप्रका विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाइ प्रहरी हिरासतवाट बाहिर निकाली निघार्त कुटपिट गरिएको हो ।

फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेश कुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चौक मृत्यु भए पछि पक्राउ परेका ट्रक चालकलाइ निर्घात कुटपिट गरिएको हो । सो दुर्घटना परी निधनप्रति भएका प्रति दुःख व्यक्त सो क्षेत्रका प्रतिनिधिसभा सदस्य प्रभु साहले विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बलजब्ती बाहिर निकाली जंगलराजको शैलीमा निर्मम कुटपिटको निन्दा गरेका छन ।

उनले सो घटनामा संलग्न अपराधीहरुलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन सहित नेपाल सरकारसंग जोडदार मागसमेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्