राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट



काठमाडौं ।

शुक्रबार राजधानी काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो । चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए । महाधिवेशनले पाँच महिनासम्म रावलले संगठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई हस्तान्तरण गर्ने तय गरेको थियो ।

महाधिवेशनमा भएको सहमतिअनुसार संगठनको शुक्रबार सम्पन्न दोस्रो पूर्ण बैठकमा रावलले भट्टलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । बैतडी घर भइ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्ट संगठनमा दुई कार्यकाल अध्यक्ष र पाँच महिना वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । भट्टले संगठनको विधान मस्यौदा समिति संयोजकका रुपमा पनि जिम्मेवारी पूरा गरिसकेका छन् ।

अध्यक्ष चुनिएसँगै भट्टले कर्मचारीको हकहितमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । ‘संगठनको उद्देश्यलाई व्यवहारमा लागु गरि कर्मचारीको हकहितका लागि लड्न सामूहिकतामा अगाडि बढ्नेछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्