तेस्रो पुष्पसदन बास्केटबल सुरु

ग्रिनफिल्ड, जनसेवा र एलएको विजयी सुरुवात



ललितपुर  ।

तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाब्यापी अन्तर्विद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारबाट किर्तीपुरमा सुरु भएको छ । पुष्पसदन स्कुल कीर्तिपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा शुक्रबार ग्रिनफिल्ड स्कूल, जनसेवा मावि र लिटिल एन्र्जल्स स्कूलले विजयी सुरुवात गरेका छन् ।
आयोजक पुष्पसदनलाई ११ स्कोरको अन्तरले हराउँदै ग्रिनफिल्डले विजयी सुरुवात गरेको छ । ग्रिनफिल्डले २० स्कोर गर्दा पुष्पसदन ९ स्कोरमै रोकियो । विजेता ग्रिनफिल्डका लागि सर्वाधिक १६ स्कोर रिजन तामाङले गरे ।

यसैगरी अर्को जुनियर ब्वाईजको खेलमा जनसेवा माविले निसर्ग वाटिकालाई २४–१२ स्कोरले हराएको छ । खेलमा सर्वाधिक स्कोरर जनसेवाका लुजा मर्हजन भए । उनले टिमका लागि सर्वाधिक २२ स्कोर गरेका थिए । यसैगरी शनिबार नै सम्पन्न सिनियर ब्वाईजमा लिटिल एन्र्जल्स स्कूल हात्तिबनले निसर्ग वाटिकालाई ८ स्कोरले हराएको छ । खेलमा लिटिल एन्र्जल्सले ३८ स्कोर गर्दा पराजित निसर्गले ३० स्कोर मात्र गर्न सक्यो । सर्वाधिक स्कोरर एलए का लक्कि मर्हजन भए । उनले सर्वाधिक २२ स्कोर गरेका थिए । यसअघि पुष्पसदन स्कुलको बास्केटबल कोर्टमा सो स्कूलका फाउण्डर महेश श्रेष्ठले प्रतिस्पर्धी टिमलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

शनिबार ६ वटा खेल

शनिबार जुनियर ब्वाईजका २ तथा सिनियर ब्वाइजका ४ वटा खेल हुनेछन् । विहान साढे ७ बजे जुनियर ब्वाईजतर्फ आयोजक पुष्पसदन स्कूल र भ्याली भ्यू स्कूलबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी साढे ८ बजे सिनियर ब्वाईजतर्फ भ्याली भ्यु र आइएमएस स्कूलबीचको खेल हुनेछ ।

यसैगरी साढे ९ बजे सिनियर ब्वाईजमै आयोजक पुष्पसदन र राराहिलबीच भिडन्त हुनेछ । १० बजे जुनियर ब्वाईजतर्फ राराहिल र ब्राइट होरिजनबीच प्रतिस्पर्धा हुदा ११ बजे ब्राइट होरिजन र जनसेवाबीच सिनियर ब्वाईजतर्फ खेल हुनेछ । यस्तै सिनियर ब्वाईनतर्फ नै शनिबार लन्चपछि साढे १२ बजे एभिएम र हिलटाउनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ १ गरी जम्मा २५ ओटा विद्यालय सहभागी भएका छन् । आगामी असोज ८ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्