अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान



काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ ।

प्रधानमन्त्री प्रचण्डको आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमणबारे छलफल हुने जनाईएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित प्रशासनिक एजेन्डाको विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउने र त्यसको तयारीका बारेमा मन्त्रालयगत जानकारी लिने पनि कार्यसूचीमा राखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् । ।

प्रतिक्रिया दिनुहोस्