सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्यो : अध्यक्ष ओली



काठमाडौँ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन् ।

बिहीबार नेकपा(एमाले)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वर्गिय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन् । उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताए ।

अध्यक्ष ओलीले नेम्वाङले दलिय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको बताए । उनले नेम्वाङ संविधान र कानून उल्लंघन गर्नु नहुने मान्यतामा रहेको बताए ।

अध्यक्ष ओलीले नेम्वाङ सामुदायिक विद्वेषको विरुद्धमा रहेको बताए । उनले नेपालको विविधतायुक्त नेपाली समाजलाई राम्रोसँग चिनेको ओलीको भनाई छ । नेम्वाङ सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहनुभएको उनले बताए ।

स्वर्गिय नेम्वाङ सधैँभर न्यायको पक्षमा उभिएको अध्यक्ष ओलीले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्