वडा ११, १९, १५ र ८ विजयी



काठमाडौं ।

प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बिहिबार वडा ११, वडा १९, वडा १५ र वडा ८ ले जित हात पारेका छन् । काठमाडौँ महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको तेस्रो दिन भएको पहिलो खेलमा वडा  ११ ले वडा नं २९ लाई १–० ले हरायो । वडा  ११ का लागि विक्रम महर्जनले निर्णायक गोल गर्नुभयो ।

दोस्रो खेलमा वडा १९ ले वडा २ लाई टाइब्रेकरमा ३–२ ले पराजित गर्यो । निर्धारीत समयको खेल १–१ ले बारबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा निर्णय गरिएको हो । यसैगरी, तेस्रो खेलमा वडा  १५ ले वडा  ६ लाई २–० र चौथो खेलमा वडा न ८ ले वडा ३१ लाई ३–२ ले हराए । विजयी चारै टिम प्रिक्वाटरफाइनलमा पुगेका छन् ।

शुक्रबार वडा  ७ र वडा ३२, वडा  १ र वडा२७, वडा  २५ र वडा  १७ तथा वडा  २० र वडा ९ बीच खेल हुनेछन् । नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्