पोखरा जाँदै गरेको हेलिकोप्टर दाङमा आकस्मिक अवतरण



दाङ ।

हुम्लाबाट पोखरा जाँदै गरेको ‘कैलाश हेलिकोप्टर सर्भिस’को हेलिकोप्टर दाङको राप्ती गाउँपालिका– २ लालमटियामा आकस्मिक अवतरण गरिएको छ ।  खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर हेलिकप्टर दाङ देउखुरीमा आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा अवतरण गरेको थियो । सोही हेलिकप्टरमा पाइलटसहित पाँच जना रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्