६० किलो सुन प्रकरण : फरार रहेकाे एक चिनियाँ नागरिक भारतीय प्रहरीको हिरासतमा


काठमाडौं ।

त्रिभुवनविमान स्थलबाट ६० किलो सुन प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ।

साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र ६० किलो ७ सय १६ ग्राम सुन भेटिएको थियो।

सुन बरामद भएपछि नेपालबाट भारत भागेका चिनियाँ नागरिक आसिन भनिने पेङ योङसिनलाई भारतीय प्रहरीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले बतायो।

उनलाई एसएसबीले पक्राउ गरी खरिबारी प्रहरीलाई बुझाएको इन्डिया टुडेले जनाएको छ।
चिनियाँ जासुस हुनसक्ने आशंकामा उनीमाथि अनुसन्धान जारी छ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।