सुवास नेम्वाङको शव यात्रा शुरू



काठमाडौं । सुवास नेम्वाङको शव यात्रा शुरू भएको छ । बिहान १० बजेदेखि शव यात्रा शुरू भएको हो ।

सोमबार राति २ बजे ह्रृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।

उनको अन्त्यष्टिअघि अहिले शव यात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो । बालुवाटारमै सेनाले सलामी दिएको छ ।

शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्