ललितपुर महानगरपालिका १८ द्वारा एसइईमा उत्कृष्ट अंक ल्याउने ३५ विद्यार्थीलाई सम्मान

हाम्रो वडा स्मारिका विमोेचन

376
Shares

ललितपुर ।

ललितपुर महानगरपालिका वडा–१८ ले एसइई २०७९ सालमा वडाबाट उत्कृष्ट स्थान ल्याउने ३५ विद्यार्थीलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य र वडा अध्यक्ष दामोदर खड्काले विद्यार्थीलाई सल र सम्झनाको चिनो दिएर सम्मान गरेका थिए  ।

कार्यक्रममा बोल्दै उपमेयर शाक्यले ललितपुर महानगरका २९ वडा मध्य १८ नम्बर वडा उत्कृष्ट मध्येको रहेको बताए  ।  उनले  विद्यार्थीको उज्वल भविष्यको लागि गरेको सम्मानले विद्यार्थीमा हौसला बढाएको बताए । उनले भने–यो सम्मानले तपाईहरुको अध्ययनस्तरमा उल्लेखनीय प्रगति हुनेछ ।

उनले वडाको विकासको लागि महानगरपालिका र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा बोल्दै वडा अध्यक्ष दामोदर खड्काले वडाको पूर्ववत कार्यक्रम अनुसार एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको बताए ।  भने –हाम्रो यो सम्मानले समग्र वडाको शैक्षिक विकासको लागि महत्वपुर्ण हुनेछ । उनले आर्थिक अवस्था कमजोर भएका स्थानीय विद्यार्थीलाई वडाले छात्रवृतिको व्यवस्था गर्ने बताए ।

उनले भने–तपाईहरुले रकम अभावको कारण पढ्न नपाएको सुन्न नपरोस,आवश्यक भए वडाले उच्च शिक्षाको लागि समेत पहल गर्ने बताए । उनले एक वर्ष अवधिमा वडाले वृक्षरोपणलाई मुख्य प्राथमिकता दिएको बताए । उनले वडाको कुनैपनि सडकमा मोबाइल बालेर हिड्न नपर्नेगरी सडकबत्ती जडान गरेको बताए । खानेपानी समस्या समाधान गर्न केयुकेएलसंग कुराकानी भैररहेको छ । सबै क्लबलाई खेल समाग्री हस्तान्तर गर्न पाएका छौँ ।

महिला समुहलाई थप सक्रिय बनाएका छौ । वडाको गौरबको योजनाको रुपमा ललितपुर र किर्तिपुरको सिमानामा रहेको सबै जलविनायक मार्गमा २ करोडको लागितमा पार्क निमार्ण गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै एसईईमा उत्कृष्ठ अंक ल्याएका विद्यार्थीद्धय अभिषेक थापा र अमिसा कुमारीले सम्मानले हामीमा हौसला बढेको बताएका थिए । स्थानीयको तर्फबाट देवेन्द्रप्रसाद तिवारीले वडाले हालसम्म गरेको कामको प्रसंसा गरेका थिए  ।

उनले  चालु आर्थिक वर्षमा वडावासीले तयार गरेको योजनाकाके आधारमा काम गर्नुपर्ने बताए  । कार्यक्रममा वडा सदस्य गोपाल डंगोलले समग्र विकास निर्माणमा एक वर्षकाे अवधिमा वडाले गरेको कामको जानकारी दिए । उनले विगतको निरन्तरता दिँदै एसईई सम्मान कार्यक्रम आयोजना गरेको र एकवर्ष अवधिमा गरेका काम समेटेर वडा स्मारीका ‘हाम्रो वडा’ विमोचन गरेको जानकारी दिए ।

कार्यक्रममा उपमेयर शाक्य र वडा अध्यक्ष दामोदर खड्काले स्मारिकाको विमोचन गरेका थिए । स्मारिका प्रकाशन गर्न सहयोग गरेवापत पत्रकार ईश्वरराज ढकाल, वालमुकुन्द आचार्य, नविन लुईटेल, सुभानु आचार्य र सन्तोष दाहाललाई सम्मान गरिएको थियो ।