आईसीसी महिला टी-२० छनोट : नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा



काठमाडौं । आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएपछि नेपाल समूह उपविजेता बनेको हो ।

वर्षाको कारण टस समेत हुन नसकेपछि नेपाल र युएईले अंक बाँडेका हुन् । दुवै टोलीले अंक बाँडेसँगै युएई समू विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् ।

५ खेलबाट समान ९ अंक भएपनि नेपाल नेट रनरेटमा पछि पर्दा समूह उपविजेता बनेको हो ।

प्रतिक्रिया दिनुहोस्