प्राकृतिक सुन्दरताले भरिपूर्ण बडीमालिका (फाेटाे फिचर)



बाजुरा ।

सुदुरपश्चिम प्रदेश बाजुराको त्रिवेणी नगरपालिका ५ र ६ मा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल बडीमालिका मन्दिर र त्रिवेणीधाम पर्यटकीय तथा धार्मिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण मानिएको छ ।

धार्मिक किन्वदन्ती अनुसार, बडीमालिका मन्दिर परिसर देव भूमि तथा तपोभूमिको रुपमा परिचित छ भने त्रिवेणी धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको रुपमा परिचित छ ।

लामो हिडाइपछि पुगिने यो क्षेत्रमा राज्यले गरेको उपेक्षालाई हेर्दा लाग्छ राज्य सहरतिर मात्रै रुमलिएको छ । २२ पाटनले भरिएको त्रिवेणी धामलाई स्वर्गको टुक्रासँग तुलना गर्नेहरुको समूह पनि ठुलै रहेको छ । हरेक वर्ष जनै पूर्णिमा अघिल्लो दिन विशेष पुजा लाग्ने बडीमालिका मन्दिरमा हजारौं भक्तजन पुग्ने गरेका छन् ।

घुम्ने सिलसिलामा बाजुराको बडीमालिका पुग्नुभएका गणेश मल्ल भन्नु हुन्छ  लामो हिडाइँपछि बडीमालिका पुग्नासाथ यात्राको थकान भुसुक्कै बिर्सिए ।नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडीमालिकाका गहना हुन् । बडीमालिकाको सौन्द्रय भनेकै विशाल फाँटहरु हुन् । बडीमालिका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन ।

तस्विर/ भिडीयाे :  दीपक रिजाल 

प्रतिक्रिया दिनुहोस्