जुम्लामा जीप दुर्घटना, दुई जनाको मृत्यु



सुर्खेत । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित छलपुनेरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

नाग्मदेखि मुगु सडकखण्डअन्तर्गत छलपुनेरा भन्ने स्थानमा जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि चालक र सहचालक दुवै जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामबहादुर बुढामगरले जनकारी दिए ।

चालक र सहचालकको सनाखत हुन नसकेको उनको भनाइ छ । जीप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ ।

आज (आइतबार) बिहान ६ः४५ बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्