पूर्वयुवराज पारस अस्पताल भर्ना



काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ ।

एक्कासी छाति दुख्न थालेपछि हिजो (शुक्रबार) काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा भर्ना गरिएको हो ।

पारसलाई मुटुको सुपरिवेक्षणमा राखिएको छ । उहाँको स्वास्थ्य खतरामुक्त रहेको बताउँदै उपचारमा संलग्न एक चिकित्सकले भन्नुभएको छ– ‘गम्भीर समस्या देखएको छैन । संभावित सबै परीक्षण पश्चात् आज (शनिबार) डिस्चार्ज गर्न सकिन्छ ।’

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल र युवराज्ञी हिमानी हिजै अस्पताल पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्