काठमाडौं र ललितपुरका यी स्थानमा आज विद्युत् आपूर्ति प्रभावित हुने



काठमाडौं । आज काठमाडौं र ललितपुरका केही स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभरि नै विद्युत् कटौती गर्ने भएपछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो ।

प्राधिकरणका अनुसार आज शनिबार साढे आठ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुन सक्नेछ ।

टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरूबाट आपूर्ति हुँदै आएको बिजुली आज (शनिबार) बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्