मेयर साहले गरे चीन भ्रमण रद्द



काठमाडौं । नेपालको चुच्चे नक्सा नस्वीकारेको आरोप लगाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ । चीनले हालै सार्वजनिक गरेको नक्सामा लिम्पियाधुरा र कालापानी नेपालको भूभाग हो भनेर स्वीकार गरेको छैन ।

चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेन बेइजिङतर्फ जाने कार्यक्रम तय भएको थियो । मेयर साह वल्र्ड टुरिजम सिटी फेडरेसनको कार्यक्रममा सहभागी हुन बिहीबार राति बेइजिङ जाने कार्यक्रम तय भएको थियो । सो कार्यक्रममा विश्वका उत्कृष्ट एक दर्जन मुलुकका मेयर सहभागी हुने कार्यक्रम थियो ।

मेयर साह २० गते नेपाल फर्कने कार्यक्रम तय भएको थियो । जानु अघिल्लो दिनमा चीनसँग रुष्ट भएर ट्विट गर्दै भ्रमण रद्द गनुभएको हो ।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’ –मेयर साहले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्