एसिया कप : नेपालले लियो तेस्रो विकेट


काठमाडौं ।

एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध खेलमा नेपालले तेस्रो विकेट लिएको छ ।  पाकिस्तानको मुल्तानमा भइरहेको खेलको २४ ओभरको चौथो बलमा नेपालले तेस्रो विकेट लिएको हो । पाकिस्तानका मोहम्मद रिजवानलाई नेपालका दिपेन्द्र सिंह ऐरीले रनआउट गरेका हुन् ।

यसअघि  सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको थियो । पाकिस्तानका इमाम उल हक रन आउट भएका थिए । छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।  टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २४ ओभरको चौथो बल सकिँदा ३ विकेटको क्षतिमा १११ रन जोडेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।