अर्कै विद्यार्थीको परीक्षा दिँदै गरेकी स्ववियु अध्यक्षकी श्रीमती पक्राउ



काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी निलम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

परीक्षार्थी कृष्णकुमारी सिंहको परीक्षा दिँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । यहीँ भदौ १० गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुवेदीले पनि आफूले सिंहको परीक्षा दिएको स्वीकारेकी छन् । उनले त्रिभुवन विश्वविद्यालय डीनको कार्यालयलाई लेखेको पत्रमा आफ्नो परिचय खुलाउँदै भनेकी छन्– ‘मानविकी तथा सामाजशास्त्र संकायको स्नातकोत्तर तह प्रथम वर्षअन्तर्गत पहिलो शैक्षिक सत्रको परीक्षामा आरडी (५५४) विषयको नक्कली परीक्षार्थी बनेर परीक्षा दिएकी हुँ ।’

सुवेदीले आफूले पाँच हजार पैसा लिएर परीक्षा दिएको पनि पत्रमा उल्लेख गरेकी छन् । ‘कृष्णकुमारी सिंहले मलाई रु ५००० दिएर यो काम गर्न लगाउनु भएको हो । यसरी नै आरडी (५५४) को पनि परीक्षा दिएको छु । यतिबेला पनि मलाई ५००० दिनुभएको थियो । त्यसैले म यहाँ परीक्षा दिन आएको थिए,’ उनले लेखेको पत्रमा उल्लेख छ ।

उनको रिहाइको माग गर्दै नेपाल विद्यार्थी संघ धर्नामा बसेको अनामनगरस्थित प्रहरी कार्यालयले बताएको छ । उनी स्वतन्त्र विद्यार्थी युनियन पाटन संयुक्त क्याम्पसका अध्यक्ष सुशिल विष्टकी श्रीमती हुन् ।

हेर्नुहोस् पत्र :

प्रतिक्रिया दिनुहोस्