एमसीसी कार्यान्वयनको विरोधमा चार कम्युनिष्ट पार्टीले संयुक्त विरोध प्रदर्शन गर्दै



काठमाडौं । संसद् बाहिर रहेका चार साना कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयनविरुद्ध आज देशब्यापी प्रदर्शन गर्ने भएका छन् ।

हिजो बसेको साना चार कम्युनिष्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनविरुद्ध आज देशब्यापी प्रदर्शन गर्न लागेका हुन् । आजबाट ७० करोड डलरको सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागेपछि साना चार कम्युनिष्ट पार्टी सडक प्रदर्शन गर्न लागेका हुन् ।

मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले आज संयुक्त रुपमा प्रदर्शन गर्न लागेको जारी विज्ञप्तिमा भनिएको छ ।

चारवटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधबार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा भने माइतीघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्