दुई सचिवको सरुवा, संघीय मामिला तथा सामान्य प्रशासनमा सिंह



काठमाडौं  ।

सरकारले दुई सचिवको सरुवा गरेको छ । बुधबार बसेका मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदप्रकाश सिंहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगिएका सिह यस अघि गृहसचिव भइसकेका हुन् भने पुष्कर  अर्थ सचिव भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्