बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाइते



वीरगञ्ज । वीरगञ्ज हेटौंडा सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश ०३९००१ ख ७९९४ नम्बरको बस आज (बिहीबार) राति करिब १ः०० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको थियो ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।दुर्घटना पछि बसका चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्