नागपञ्चमी : यसरी गरियो नागपोखरीमा नागको पूजा (फोटोफिचर)


काठमाडौं।

नागपञ्चमीका अवसरमा सोमबार देशभर नागको पूजाआजा गरिएको छ । यसैक्रममा काठमाडौं उपत्यकामा रहेका नागपोखरी तथा नागथानमा पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ । नागलाई दूध र जलले विशेष पूजा गरिएको छ ।

हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमीका रूपमा नागको विशेष परम्पराअनुसार पूजाअर्चना गरिन्छ।

यो दिन नागको विशेष पूजा गरी घरको मूल ढोकामा नागको तस्बिर टासिन्छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।


प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।