सशस्त्र प्रहरी उपरीक्षकमा १२ जनाको नाम सिफारिस (सूचीसहित)



काठमाडौं  ।
सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा १२ जनाको नाम सिफारिस भएको छ ।
नाम सिफारिस हुनेहरु सबै सि.संं.२ का सशस्त्र प्रहरी उपरीक्षकहरु हुन् । उनीहरु २०७५ साल चैत्र १५ गते सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरु हुन् । उक्त सि.सं.को दोश्रो टोली २०७७ जेठ ५ गते एसपी बढुवा भएकोमा आज सिफारिस भएका सबै पहिलो चरणमा एसपी भएकाहरु मात्रै छन् ।
उक्त समूहका १५ जना यसअघि नै एसएसपी भइसकेका छन्, भने बाँकी १९ मध्ये आज १२ जनाको नाम सिफारिस भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हालेदेखि नै बृत्तिविकासमा ध्यान दिँदै संगठनलाई नीति नियम अनुसार अघि बढाउन खोजेसँगै सरुवा बढुवा लगायतमा व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेपछि साउन महिनामा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ ।
यस पटक ओ.एण्ड एम. नभएको भए जम्मा ४ जनामात्र एसएसपीमा बढुवा हुने अवस्था थियो भने डिएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो । महानिरीक्षक अर्यालले सोही समस्यालाई समाधान गर्नको लागि पहल गरेसँगै बढुवाको जाम अन्त्य भएको हो ।
संगठनको इतिहासमा नै यस प्रकारको बढुवा पहिलो पटक भएको हो । सशस्त्र प्रहरीमा वर्षौदेखि रहेको वृत्तिविकासको समस्या समाधान गर्न केही समयअघि संगठन सर्वेक्षण तथा व्यवस्थापन (ओ.एण्ड एम) मार्फत केही दरबन्दी थप र केही पदहरु समायोजन भएका थिए ।
यो क्रमसँगै १७ वर्षदेखि एउटै दर्जामा रहेका अधिकृतहरु एकै पटक बढुवा हुने भएका छन् भने बढुवाको समस्या पनि लगभग अन्त्य भएको छ । हाल भएका सबै दर्जाको बढुवामा समेत बाहिरी प्रभाव लगभग शुन्य भएको छ भने कार्यसम्पादन मुल्यांकन, जेष्ठता, व्यावसायिक क्षमतालगायत नियमावलीमा उल्लेख गरिएको बढुवा सम्बन्धि आधारलाई लिएर बढुवा गरिएको छ ।बढुवामा गृह मन्त्रालयको समेत कुनै हस्तक्षेप रहेन ।

प्रतिक्रिया दिनुहोस्