गण्डकी प्रदेश अख्तियारमा उजुरी पर्नेमध्ये लमजुङ पाँचौ स्थानमा



लमजुङ ।

गण्डकी प्रदेश अन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी पर्नेमध्ये लमजुङ पाँचौ स्थानमा रहेको छ ।

गण्डकी प्रदेश अख्तियारमा गत आर्थिक वर्ष २०७९-०८० को साउनदेखि आसार सम्म एकवर्षको अवधिमा ९ सय ९६ उजुरी परेको हो । जसमध्ये लमजुङको ३१ वटा उजुरी रहेको कार्यालयले जनाएको छ । अख्तियार पोखरमा परेको उजुरी संख्या मध्ये सवैभन्दा धेरै कास्कीको रहेको छ ।

कार्यलयका अनुसार कास्कीको मात्रै ४ सय ४७ उजुरी परेको छ भने सवैभन्दा कम उजुरी दर्ता भएको जिल्ला पूर्वि नवलपरासी रहेको छ ।

गत वर्ष पूर्वी नवलपरासीको एउटा मात्र उजुरी परेको हो । कम उजुरी पर्ने जिल्ला मध्ये दोस्रो स्थानमा रहेको छिमेकी जिल्ला मनाङबाट ९ वटा मात्रै अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको तथ्यांकले देखाएको छ । सो वाहेक मुस्ताङ जिल्लाको १४, म्याग्दीको ३० वटा, गोरखाको ६३ वटा उजुरी दर्ता भएको छ ।

यसैगरी गत आर्थिक वर्षमा तनहुँको १ सय ३४, स्याङजाको ९४, पर्वतको ९० र बाग्लुङको ८३ वटा उजुरी दर्ता भएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष ०७८-०७९ मा भने प्रदेश अन्र्तगतका ११ वटै जिल्लाबाट १ हजार १ सय १८ उजुरी परेको थियो ।

सो मध्ये सात सय ६ वटा उजुरी फछ्यौट भएको र बाँकी ४ सय १२ वटा उजुरी गत वर्ष सरी आएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अख्तियारमा परेका उजुरी मध्ये अधिकांश उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्