चौँरीमा लम्की स्किन रोगको संक्रमण



रामेछाप।

रामेछापको शैलुङ्ग क्षेत्रका चौँरीमा लम्की स्किन रोगको संक्रमण देखिएको छ । राष्ट्रिय याक तथा चौँरी कृषक महासंघको अध्यक्ष दवा सम्भु सेर्पाका अनुसार शैलुङ्ग क्षेत्रमा ४२ भन्दा बढी चौँरीहरूमा लम्की स्किन रोगको संक्रमणको मरेका छन् ।

२ नगरपालिका र ६ गाउँपालिका रहेको रामेछाप जिल्लामा यो रोगको संक्रमणले व्यापक रूप लिएको छ । रामेछापको उत्तरी शैलुङ्गका चौँरी गोठहरूमा समेत लम्की स्किन रोगको व्यापक रूपमा लिएको हो । जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकाको वडा नं १ डडुवा र वडा नं ४ गौश्वाराका चौँरी गोठमा पनि यो रोगको संक्रमण देखिएको हो ।

पशु विशेषज्ञहरूका अनुसार यो रोगको सङ्क्रमण रोक्नका लागि खोप लाउनु पर्ने हुन्छ । वाग्मती प्रदेश सरकारको लम्की स्किन रोग विरुद्धको सप्ताह व्यापी खोप लगाउने अभियान चलाउने भएको छ भने गाउँपालिकाले यसको लागि पशु चौपाएको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

रामेछापमा लम्की स्किन रोग कारण ४ सय ५० भन्दा बढी पशु वस्तुको मरेका छन् भने झन्डै २४ हजार पशु बस्तु संक्रमित भइसकेका छन् । दोरम्बा शैलुङ्ग गाउँपालिकामा पशु स्वास्थ्यका प्रमुख राजेन्द्र ढुङ्गेलका अनुसार गाउँपालिकाको सबै वडाको चौपाएमा फैलिएको लम्की स्किन रोग अहिले चौँरीहरुमा पनि फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्