बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल



काठमाडौं । संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्षनेताहरु छलफलमा जुटेका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध हटाउने विषयमा छलफल भएको छ ।

डेढ क्विन्टल सुुन तस्करी प्रकरणमा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।

बुधबबार दिउँसो १ बजेका लागि संसद बैठकक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्