कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज बिहान संसद् भवन बानेश्वरमा ११ः३० बजे बस्ने गरी बैठक बोलाइएको हो ।

संसद् बैठक बस्नुअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।

बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्