यी हुन् मदन पुरस्कार २०७९ का लागि छनोटमा परेका पुस्तक (सूचीसहित)



काठमाडौं । श्रावण २४ गते बुधबार मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ सम्बन्धमा प्रेस विज्ञप्ति मार्फत् छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ।

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्‍त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो।

मदन पुरस्कार गुठीले वि.सं. २०७२ देखि गुठीमा प्राप्त पुस्तकहरू मध्येबाट बढीमा दशवटाको श्रेष्ठ सूची सार्वजनिक गर्ने गरेको छ। गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकहरूलाई छनौटको एउटा आधार बनाइन्छ। श्रेष्ठ सूचीमा छनौट पुस्तक मध्ये एकलाई सर्वश्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार अर्पण गरिन्छ। २०७५ सालबाट पुरस्कार राशी चार लाख रूपियाँ रहेको छ।

छनौट भएका पुस्तकहरू अकारादि क्रममा –

इजोरिया-   सुबिन भट्टराई

ऐँठन-       विवेक ओझा

चक्रव्यूहमा नेपालको जलस्रोत-     द्वारिकानाथ ढुङ्गेल

थाङ्‌ग्रा-       प्रगति राई

माटाको घर-         सञ्‍जय विष्ट

प्रतिक्रिया दिनुहोस्