वैदेशिक रोजगारीबाट फर्केका नेपालीले टीभी र मोबाइलमा भन्सार छुट पाउने

0
Shares

काठमाडौं ।

श्रम स्वीकृति लिएर एक वर्षभन्दा बढी वैदेशिक रोजगारीमा काम गरेर  स्वदेश  फर्कंदा नेपालीले टीभी र मोबाइलमा भन्सार छुट पाउने भएका छन् ।

भन्सार विभागका अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध नेपाली नागरिकले जुनसुकै आकारको एक थान टीभी ल्याउँदा भन्सार छुट पाउने भएका हुन् । कोषमा आवद्ध नभएकाले ३२ इन्चसम्मको टीभी ल्याउँदा भन्सार शुल्क छुट पाउनेछन् । तर, निःशुल्क टीभी ल्याउन कम्तीमा १२ महिना विदेशमा काम गरेको हुनुपर्नेछ ।

त्यस्तै मोबाइलको हकमा भने ६ महिना काम गरेको हुनुपर्ने व्यवस्था छ । भन्सार शुल्क छुट भएको मोबाइलको एमडीएमएस प्रणालीमा आफैंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने विभागले जनाएको छ ।