काठमाडौं । प्रतिनिधि सभाको जारी गतिरोध अन्त्य लागि प्रमुख दलका शीर्ष नेताहरूबीच पुनः छलफल हुने भएको छ ।
क्विन्टल सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउनेबारे हिजो (सोमबार) सिंहदरबार र बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज (मंगलबार) पुनः छलफल हुने भएको हो ।
छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे हुने बताइएको छ । प्रतिनिधि सभाको बैठक ३ बजे बस्नुअघि प्रमुख दलहरुबीच सहमति जुटाउन छलफल हुने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देबराज घिमिरे, प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा उपस्थित हुनेछन् ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्विकार गरेपछि गत १२ साउनदेखि नै ससद् अवरुद्ध हुँदै आएको छ ।
क्विन्टल सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानबिन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण यस अघिका छलफल निष्कर्षविहीन भएका छन् ।











प्रतिक्रिया