सुतिरहेकी आमालाई छोराले लाठी प्रहार गरि हत्या



सल्यान । सुतिरहेकी आमालाई छोराले लाठी प्रहार गरि हत्या गरेका छन् ।

जिल्लाको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरमा आफ्नै छोराले सुतिरहेकी आमालाई लाठी प्रहार गरि हत्या गरेका हुन् ।

अन्दाजी २३ वर्षीय नवीन भण्डारी (छोरा)ले ४८ वर्षीया शारदा (आमा)को हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आज (मंगलबार) बिहान ४ बजेतिर सुतिरहेकै अवस्थामा आमाको टाउकोमा लाठीले हिर्काएपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हत्या गर्ने छोरालाई नियन्त्रणमा लिईएको छ । घटनास्थलमा प्रहरी टोली पुगेको र अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ ।

अस्ति मात्र सल्यानको शारदा नगरपालिका–१४ ढारखानीमा पनि घाँस काट्न गएकी एक महिलाको घाटी रेटेर हत्या भएको थियो ।

तीन दिनयता सल्यानमा दुई आपराधिक घटनाबाट दुईजना महिलाको हत्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्