दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापतिबारे छलफल हुने



काठमाडौं । संघीय संसद् अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।

संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने विद्यालय व्यवस्थापन समितिको बैठक दिउँसो ११ः३० बजे बोलाईएको छ ।

प्रतिनिधिसभाको बैठक ३ बजे अघि बस्नु अघि दुबै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्